शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

अमेरिकामा कार दुर्घटना, दुई नेपाली विद्यार्थीको मृत्यु

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले लुइसियाना जनाएको छ। घटनाबारे लुइसियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ। कार दुर्घटना १३ जुलाईको राति ९ बजेतिर भएको थियो।

लुइसियाना राज्य प्रहरीका अनुसार, होन्डा एकर्ड कार यादवले चलाएका थिए। उक्त कारमा यादवसहित चार जना सवार थिए। प्रहरीका अनुसार, होन्डा गाडी सडकभन्दा बाहिर पुगेर रूखमा ठोक्किएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x