बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वातावरणमैत्री विकास आवश्यक छः सांसद बस्नेत

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले वातावरणमैत्री विकास आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा शुक्रवार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्यान दिनुपर्ने बताए । उनले नेपालले जलवायु परिवर्तनका निम्ति असर पर्ने काम कम गरेपनि त्यसको प्रत्यक्ष प्रभाव बढी व्यहोरिरहेको बताए । सडकमा उत्पन्न समस्याको समाधान कसरी गर्ने ? भन्नेमा अहिले केन्द्रित हुन जरुरी रहेको बताए ।

सांसद बस्नेतले भने, ‘हामी वातावरणमैत्री, आदि इत्यादि कुराहरु गरिरहेका छौँ । यो पनि ठिकै छ । यो गर्नैपर्ने कुरा पनि हो । वातावरणमैत्री विकासको कुरा नराम्रो कुरा होइन । क्लाइमेट चेन्जदेखि जेजे कारणले वातावरण विनाश हुँदै गइरहेको छ, यो कारण त हाम्रो कारणले भन्दा हामी त्यसको प्रभावबाट भिक्टिम भइरहेका छौँ । हामी इमिसन घटाउने भन्नेबारेमा सबैभन्दा ठूलो चिन्ता छ, जहाँ हामी त्यसको निम्ति कम जिम्मेवार छौँ । त्यो उत्पन्न समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा हामीले अलमलमा छौँ ।’

सांसद बस्नेतले सरकारले कति गर्नसक्छ त्यति मात्रै गर्नुपर्ने बताए । लागू नहुने कुरा गरेर त्यसमै रमाएर बस्ने कुरा राम्रो नभएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x