कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः जीवन परियार

काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरुलाई राखेर अनुसन्धान अघि बढाएको छ । सिंहदरबारमा शनिवार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानविन प्रक्रिया अघि बढाएको हो ।
बैठकपछि कुरा गर्दै समितिका संयोजक जीवन परियारले आज १२ औं दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३ औं दिन भएको बताए । उनले विगतमा कसरी र के काम भए, बाँकी कामहरु कसरी अघि बढाउने, छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिए ।
समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजको बैठकदेखि समितिमै राखेर काम शुरु गरेको बताए । आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग गर्नका लागि बोलाइएको बताए ।
उनले भने, ‘आज समितिको बैठक शुरु भएको १२ औं दिन हो । प्रतिनिधि सभाबाट समिति गठन भएको १३ औं दिन हो । १८ औं बैठक सम्पन्न गरिसकेका छौँ । विगतमा कामहरु कसरी अघि बढाएका थियौँ, बाँकी कामहरु कसरी अघि बढाउने, छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरेका छौँ ।
हामीले विज्ञहरुको पनि निर्णय लिनेगरी काम अघि बढाएका छौँ । जसमा समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजदेखि समितिमै बस्नेगरी तयारी गरेका छौँ । महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता आउनुभएको छ भने एक जना उपन्यायाधिवक्तासमेत हाम्रो बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग पु¥याउन आग्रह गरेका थियौँ । सोही बमोजिम उहाँहरु आजको बैठकमा सहभागी हुनुहुन्छ । छलफल जारी छ, सोधपुछ भइरहेको छ । धेरै कामहरु सम्पन्न गरिसकेको अवस्था छ ।’
उनले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरु सम्पन्न भइसकेको अवस्था रहेको बताए । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE