३० आश्विन २०८३, शुक्रबार

आज देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना,तयारी अवस्थामा रहन सुरक्षाकर्मीलाई प्रधानमन्त्री ओलीको निर्देशन

0
Shares


काठमाडौँ । भारी वर्षाको अनुमानसँगै तयारी अवस्थामा रहन सुरक्षा निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने बताएको छ । यससँगै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा एक पोष्ट सेयर गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यस्तै,उनले सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् । उनले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन्।

कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।