बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चौकीदारको नियुक्ति खारेजको माग गर्दै गृहमन्त्रीलाई कास्कीका कैदीबन्दीको पत्र

पोखरा । कास्की कारागारमा रहेका कैदीबन्दीहरुले गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् । कास्की कारागारको ‘क’ ब्लकमा अजय गुरुङ चौकीदार नियुक्त हुने निर्णय खारेजीको माग गर्दै कैदीबन्दीले गृहमन्त्रीलाई पत्र लेखेका हुन् ।

चौकीदार नियुक्त भएका अजय गुरुङले कैदीबन्दीहरुको हकहित तथा सुरक्षा गर्न नसक्ने, कार्यशैली निरङ्कुश तथा पक्षपातपूर्ण रहेको र चौकीदारको भूमिकामा रहँदा कैदीबन्दीहरुको आर्थिक शोषण गर्ने उनीहरूको आरोप छ ।कैदीबन्दीको मनोभावना नबुझी ठुलो मात्रामा आर्थिक चलखेल गरी प्रजातान्त्रिक मान्यताको अवमूल्यन गरी आफ्नो चौकीदार आफै छनौट गर्न पाउने कैदीबन्दीको अधिकार हनन भएको पत्रमा उल्लेख गरिएको छ ।

छनौट प्रक्रियामा प्रतिस्पर्धामा रहेका मध्ये प्रकाश गुरुङलाई चौकीदार पदमा नियुक्त गर्न भन्दै क ब्लकमा रहेका ३६६ जना कैदी बन्दी मध्ये ३६२ जनाले हस्ताक्षर गरी मागपत्र पेश गरेका हुन् । कैदीबन्दीको माग पुरा नभएसम्म अनिश्चितकालिन बहिस्कार, आमरण अनसन लगायतका आन्दोलन गर्ने उनीहरूले बताएका छन् ।

चौकीदार नियुक्तिको क्रममा भएको आर्थिक चलखेलको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न कैदीबन्दीले माग गरेका छन् । राजनीतिक चलखेलबाट चौकीदार छानिएको भन्दै कास्की कारागारमा कैदीबन्दीहरुले आइतबार नाराबाजी गरेका थिए ।

कास्की कारागारको कु ब्लकमा चौकीदार अजय गुरुङ नियुक्त गरिएको भन्दै प्रकाश गुरुङ पक्षले नाराबाजी गरेका हुन् ।चौकीदारका लागि अजय गुरुङ, प्रकाश गुरुङ र प्रसान्त थापाको नाम सिफारिस गरिएको थियो । कारागार विभागले आइतबार अजय गुरुङलाई नियुक्त गरेपछि कैदीबन्दी आन्दोलित भएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x