निवर्तमान मन्त्री राजकुमार गुप्तासँग सोधपुछ गर्दै अख्तियार

काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ थालेको छ ।
अनुसन्धान अधिकृतको टोलीले घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।
नमुनाको रुपमा प्राप्त हुने अडियोको वास्तविकता परीक्षण गर्न सम्बन्धित व्यक्तिको आवाजसँग त्यसको परीक्षण गर्नुपर्छ । मन्त्री गुप्ताको आवाज भनी अडियो सार्वजनिक भएको थियो, त्यसको परीक्षणका लागि आयोगले उनको आवाज रेकर्ड गर्न लागेको हो ।
गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाबारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको संवाद बाहिरिएको थियो । चौतर्फी दबाब परेपछि उनले राजीनामा दिएका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE