शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

एमालेले काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्‍योः शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गरिरहेको आरोप लगाएका छन् । विपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउनेकुरा राम्रो भएपनि आफ्नो महत्व काँग्रेसले बिर्सिन नहुने बताए । अहिले काँग्रेसको महत्वमाथि कम्युनिष्टहरुले आक्रमण गरिरहेको बताए । कुलिङ अफ पिरियडमा काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनसक्नुपर्ने उल्लेख गरे । सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्नेकुरा नेपाली काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्नु रहेको बताए ।

सांसद कोईरालाले भने, ‘हामी सरकारमा छौँ, ठिक छ, उपाय छैन । तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिष्टहरुले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । दुःख त्यहाँ लागिरहेको छ । हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले हामीले भन्नसक्नुपर्छ । सभापतिजीले प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ यो स्वीकार्य हुँदै फटाफट गर्नुस् भनेर । गल्ती भएको छ, हामीबाट पनि भएको छ । नेपाली काँग्रेसका सांसदहरुको गल्ती छैन भनेर म भन्दिनँ, मेरो पनि गल्ती छ, किन हेरेनौँ त्यो । राज्य व्यवस्था समितिका साथीहरुको गल्ती छ । उनीहरुले किन हेरेर पठाएनन् । सभापतिको गल्ती छ, राज्य व्यवस्था समितिको सभापतिले किन हेरेर पठाएनन् उनको गल्ती छ । हस्ताक्षर गर्ने अनि नहेर्ने ? अनि गल्ती भयो भन्ने । हाम्रो पनि गल्ती छ । तर सच्याउने नाममा राष्ट्रिय सभाले उल्टै एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको नेपाली काँग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन रु यो कुरा हामीले बुझ्न जरुरी छ । जसरी सभापतिजीले टेक एण्ड पे र टेक अर पेमा अडान लिनुभएको थियो, त्यो अडान अहिले चाहिएको छ हामीलाई ।’

सांसद कोईरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न किन हतार भएको ? भन्दै प्रश्न गरे । आजको भोलि नै किन पारित गर्नुपर्ने भन्दै प्रश्न गरे । भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराइरहेको उनको आरोप छ ।

सांसद कोईरालाले भने, ‘भूमि सम्बन्धी विधेयक, के हतार छ ? किन आजको भोलि नै पास गर्नुपर्‍यो । के कारण पर्‍यो । किन समितिमा छलफल गर्न डराइरहनुभएको छ, एमालेका मित्रहरु, सांसदहरु ? त्यसको जवाफ नेपाली काँग्रेसका साथीहरुलाई चाहिन्छ । मन्त्रीजीहरु यहीँ हुनुहुन्छ, उहाँहरुले पनि भन्नुपर्‍यो । क्याबिनेटमा बोल्नुपर्‍यो । कहीँ न कहीँ त फरक छ भन्ने देखाउनुपर्छ । सबैभन्दा गम्भीर विषय संवैधानिक परिषद्मा जसरी राष्ट्रिय सभाले पास गरेको छ, त्यो अगर राष्ट्रपतिजीले छाप लगाइदिनुभयो भने संविधानको स्पिरिट मर्छ । प्रधानमन्त्री र एकजना सदस्य बसेर जे पनि गर्नसक्ने भए । जोसुकै प्रधानमन्त्री हुन् । अहिले एमालेको प्रधानमन्त्री हुनुहुन्छ, तर भोलि हाम्रै प्रधानमन्त्री भएपनि यो कुरा गलत हुन्छ भन्नेकुरा हामीले भन्नसक्नुपर्छ । संविधानको स्पिरिट के हो भने संवैधानिक परिषद्मा जो व्यक्तिहरु हुनुहुन्छ, तिनीहरुले बेइमानी गर्दैनन्, छलफल गर्दछन्, मिलाउँछन्, कुरा गर्छन् अनि सबै सिनियर मान्छेहरुलाई ल्याउँछन् भनियो । के भयो बताउँ, प्रतिनिधि सभाले पास गर्‍यो, अप्पर हाउसले त्यसलाई परिमार्जन गरेर पठायो ।’

सांसद कोईरालाले काँग्रेस चुपचाप लागेर बस्न नहुने बताए । भ्रष्ट मन्त्रीहरु अहिले पनि सरकारमै रहेको आरोप लगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x