बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारले विपदमा राहत र उद्धारका लागि ड्रोनको प्रयोग गर्ने

काठमाडौं । सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ ।

मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ\नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार प्राधिकरणको समन्वयमा संघले निःशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

कुनै ठाँउमा बिपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्धारका साथै आवश्यकताका आधारमा राहत समेत उपलव्ध गराउन सकिने उनले बताए ।

गृहमन्त्री लेखकले अहिले बिपद्को प्रतिकार्य खोज, उद्दार राहतका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको उल्लेख गरे । विपद्को पूर्वसुचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने काममा मन्त्रालय निकै अगाडी बढीसकेको उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x