पार्टी विभाजन भएपछि माधव नेपालले जबजवादी होइनौँ भनिसकेः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जबजवादी नभएको स्पष्ट पारेका छन् ।
पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले पार्टी विभाजन भएदेखि नेपालले आफूहरु जबजवादी नभएको र जबज नमान्ने बताए ।
अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री झलनाथ खनालप्रति लक्षित गर्दै पाँचौँ महाधिवेशनबाटै जबज नमान्ने घोषणा गरे । माधव नेपालले जबज मान्दैनौँ भनेर साँचो कुरा गर्नुभएको र साँचो कुरा गर्न यति लामो समय लागेको ओलीको भनाई छ ।
कुनैबेलामा जबजको बाँसुरी बजाए नेता हुन पाइन्छ भन्दै जबजको बाँसुरी बजाउनेहरु रहेको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले जबज एमाले पार्टीको सामुहिक बुद्धिको उपज भएको भन्दै मदन भण्डारीको अगुवाईमा संश्लेषण गरिएको तत्कालीन समयको सामना गर्न तयार गरिएको नीति भएको उनको भनाई छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE