बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विद्या भण्डारीलाई विष्णु पौडेलेको जवाफः सिंगो राष्ट्रकै अभिभावक भएर बस्नुस्

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा संवद्ध हुन नहुने बताएका छन् ।

नेकपा एमाले रुपन्देहीको आयोजनामा भएको एक कार्यक्रमलाई बुधवार उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने बताए । उनले राष्ट्रपति गणतन्त्रको शान भएको र राष्ट्र प्रमुख भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा आवद्ध हुनु नहुने निष्कर्षसहित एमालेले निर्णय गरेको बताए ।

भण्डारी सिंगो राष्ट्रकै अभिभावकको भुमिकामा रहनु उचित हुने भन्दै पार्टी सदस्यता नविकरण हुन नसक्ने पनि स्पष्ट पारे ।

उनले भने, ‘अब उहाँ राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्ने जहाँसम्म विषय छ । राष्ट्रपति गणतन्त्रको शान हो । राष्ट्रपति राष्ट्र प्रमुख हो । राष्ट्र प्रमुख भएर कुनै एउटा पार्टी विशेषमा, हिजो उपाध्यक्ष हुँदा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो, तर जब उहाँ राष्ट्रप्रमुख हुनुभयो । एमालेको मात्र होइन सिंगो राष्ट्रको राष्ट्रप्रमुख हुनुभयो ।

सिंगो राष्ट्रको राष्ट्रपति जस्तो अभिभारा संविधानको रक्षा, संरक्षण गर्ने अभिभारा वहन गरेर सेवानिवृत्त भएको पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा उचित हुँदैन । त्यसकारण उहाँले सिंगो राष्ट्रकै अभिभावकको भुमिकामा रहनुपर्छ । उहाँको पार्टी सदस्यता नविकरण हुन सक्दैन, गर्न उचित पनि हुँदैन ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x