भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्दै

काठमाडौं । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ ।
आजदेखि चिनियाँ पर्यटकहरूलाई भिजा दिने प्रक्रिया सुरु गरिने बेजिङस्थित भारतीय दूतावासले जनाएको छ ।
यो निर्णय २०२० मा गलवान घटनापछि बिग्रिएको भारत–चीन सम्बन्धमा सकारात्मक सङ्केतका रूपमा हेरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चीनको विदेश मन्त्रालयले भारतको निर्णयलाई स्वागत गर्दै भारतको यो कदम सकारात्मक रहेको बताएको छ । पर्यटन र आपसी आवागमन दुवै देशका लागि लाभदायक हुने बताउदै चीनले भारतसँग सम्पर्कमा रहेर पर्यटन सुधारमा सहयोग गर्दै आएको पनि उल्लेख गरेको छ ।
कोरोना महामारी र गलवान झडपपछि दुवै देशले एक–अर्कामाथि वाणिज्य र यात्रासम्बन्धी कयौँ प्रतिबन्ध लगाएका थिए । तर जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएपछि सम्बन्धमा सुधारको सङ्केत देखिन थालेको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE