अझै रोकिएन मानव तस्करीको जालो, ४७ जना महिला भारतबाट फर्काइए

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ नेपाली महिलालाई नेपाल फर्काइएको छ ।
दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै हिजो राति रूपन्देही ल्याइएको जनाइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पु¥याएर प्रशासनको जिम्मा लगाएको जील्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ । महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ ।
यसैबीच गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । यो विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE