बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पत्रकार सम्मेलन गर्दै विद्या, एमाले निर्णयको प्रतिवाद गर्ने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् ।

साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ ।

तर, विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x