बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कांग्रेसका बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा,मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने तयारी

काठमाडौं । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् ।

बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल छन् । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहल स्वरुप चार मन्त्रीले राजीनामा दिएको बताइएको छ । संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् ।

यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा २४ जनाले हस्ताक्षर बुझाएका छन् । कांग्रेस सांसदहरूले मुख्यमन्त्री लामालाई ह्वाट्स एपमार्फत जानकारी पठाएको बताइएको छ । बागमती प्रदेशमामा कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x