बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

न्युजिल्यान्डलाई त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्यान्डले जितेको छ ।

फाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई तीन रनले पराजित गर्दै उपाधि जितेको हो ।

न्युजिल्यान्डले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७७ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लुआन–ड्रे प्रिटोरियसले सबैभन्दा धेरै ५१ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले दुई तथा ज्याकब डफी, जकारी फाउल्क्स, एडम मिल्ने र माइकल ब्रेसवेलले समान एक विकेट लिए ।

त्यसअघि जिम्बाब्वेको हरारेमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले पाँच विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।

न्युजिल्यान्डका डेभन कोनवे र रचिन रविन्द्रले समान ४७ रन बनाए ।

दक्षिण अफ्रिकाका लुङ्गी न्गिडीले दुई तथा नान्द्रे बर्गर, क्वेना माफाका र सेनुरान मुथुसामीले समान एक विकेट लिए ।

शृङ्खलामा अपराजित रहँदै न्युजिल्यान्डले उपाधि जितेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x