महिला युरो कपको उपाधि भिडन्त आज

काठमाडौं । महिला युरो कपमा स्पेन र इङ्गल्यान्डबीच आज उपाधि भिडन्त हुँदैछ ।
खेल नेपाली समय अनुसार राति पौने ९ बजे स्विटजरल्याण्डको सर्वाधिक ठूलो स्टेडियम सेन्ट ज्याकोब पार्क बासेलमा हुने छ ।
यी दुई टिम दुई वर्षको अवधिमा दोस्रोपटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा भिड्न लागेका हुन् ।
इङ्ल्यान्ड युरोको साबिक विजेता हो भने स्पेन विश्व च्याम्पियन ।
दुई वर्षअगाडि मात्रै यिनै दुई टिम विश्वकपको फाइनल खेलेका थिए । त्यसमा स्पेन १–० ले विजयी रहेको थियो। यो खेल इङ्ल्यान्डका लागि उपाधि रक्षाको मात्र हैन स्पनेसँग २ वर्ष पहिला विश्व विजेताबाट बञ्चित हुँदाको बदला पनि हो। त्यसैले इङ्ल्यान्ड स्पेनमाथि बदला लिने दाउमा छ ।
हालसम्म यी दुई टिमबीच १४ पटक प्रतिस्पर्धा भएको छ, जसमा इंग्ल्याण्डले सात खेल जितेको छ भने स्पेनसँग चार खेलमा पराजित भएको छ ।
इंग्ल्याण्ड र स्पेनले तीन म्याच बराबरी खेलेका छन् । विजेता टोलीले–२०२५ को कोनमेबोल कोपा अमेरिकाको विजेतासँग खेलिने फाइनलिसिमा खेल्नेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE