बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राजनीतिमा फेरि आउन खोजेकी विद्या र रोक्न खोज्ने ओली,जसले एमालेमा बढाउँदैछ किचलो (भिडियोसहित)

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । दुई पटक देशको राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीले फेरि राजनीतिमा फर्किने गरेको रटानले एमालेमा विवाद बढाएको छ । एमालेले केन्द्रीय कमिटी बैठकबाटै भण्डारीको सदस्यता खारेज गरिदियो । तर, भण्डारीले भने आफ्नो सदस्यता कसैले खारेज गर्न नसक्ने भन्दै नेताहरुलाई चेतावनी दिइरहेकी छन् । जसका कारण राजनीतिक बृत्तमा एमाले र पूर्वराष्ट्रपति भण्डारीको निर्णयको चर्चा भइरहेको छ ।

देशको सर्बोच्च पदमा पुगेको ब्यक्ती फेरि राजनीतिमा फर्किनु हुन्न भन्दै नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नै खारेज गरिदियो । सचिवालय, पोलिब्यूरो हुँदै केन्द्रीय कमिटी बैठकबाटै भण्डारीको राजनीति गर्ने इच्छामा एमालेले ब्रेक लगाइदियो । तर, एमालेका केही नेताहरुले त्यो निर्णय सच्याउनुपर्ने धारणा उतिबेला राखेपनि अध्यक्ष केपी शर्मा ओली लगायत बहुमत केन्द्रीय सदस्यले त्यो मानेनन् । बरु, गत मंगलबार मध्यरातमा भण्डारीलाई सरप्राइज दिदैं तिमीले राजनीति गर्ने होइन सबैको अभिभावक भएर बस्नु भन्ने सन्देश दिइयो ।

एमालेको निर्णयले राजनीतिमा दुई खाले बहस गराइदियो । एउटा तप्का एमालेले राष्ट्रप्रमुख भइसकेको ब्यक्तीलाई राजनीतिमा आउन नदिएर ठिक ग¥यो भन्ने भेटिए । अर्को तप्का भने संविधान र कानुनले बाटो नछेकेका कारण राजनीतिमा आउन रोक्न नहुने तर्क गर्ने पनि भेटिए । एमालेमै दुई कित्ता देखिन्छ ।

विद्यालाई पार्टीमा भित्र्याउने र रोक्ने दुबैको रस्साकस्सी चलिरहेकै थियो । तर, अध्यक्ष ओलीले विद्याको प्रवक्ता नबन्न र धेरै नउचाल्न कडा निर्देशन दिएपछि खुलेरै बोलेका केही एमाले नेता नै पछि हटे । जसले विद्याको राजनीतिमा आउने च्यासलको ढोका बन्द भयो । तर, एमालेको यो निर्णयको कडा प्रतिबाद गर्दै आफूलाई पूर्वराष्ट्रपति होइन पार्टीको पूर्वउपाध्यक्षबाट चिनाएर भण्डारी चुनौति दिन मैदानमा आएकी छन् ।

भण्डारीले आफ्नो ४५ बर्षको पार्टी सदस्यता कसैले खारेज गर्न नसक्ने मात्रै बताइनन् उनले राजनीतिमा आउन समेत कसैले रोक्न नसक्ने चेतावनी समेत दिएकी छन् । राजनीतिमा आउने घोषणा गर्दा सम्म एमालेमा कुनै तरंग आएको थिएन । जव उनले ११ औं महाधिबेशनमा अध्यक्षको उम्मेद्वार बन्ने अभिब्यक्ती दिइन तव यो बिषयले एमाले प्राथमिकता पायो ।

विद्याले राजनीतिमा आउन कसैले रोक्न नसक्ने पत्रकार सम्मेलन नै गरेर चुनौति दिएपछि अव के होला भन्ने चासो बढेको छ । तर, एमाले नेताहरु कसैले उचालेको भरमा एमालेमाथि प्रहार नगर्न भण्डारीलाई चेतावनी दिइरहेका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई जसरी भएपनि रोक्ने एमाले रणनिति मात्रै होइन यो बिषयलाई कांग्रेसले समेत साथ दिइरहेको छ । तर, माओवादी केन्द्रले भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा आफूहरुले भित्र्याएको भन्दै रोक्न नहुने बताइरहेको छ । एमाले रोक्ने भण्डारी जसरी भएपनि राजनीतिमा फर्किने दुबैको आ–आफ्नो पौठेजोडीले टकराव हट्ने होइन झनै बढ्ने देखिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x