३० आश्विन २०८३, शुक्रबार

बाढी–पहिरो अपडेटः मृतकको संख्या १९३ पुग्यो, ३१ जना अझै बेपत्ता

0
Shares


काठमाडौं । गएको बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म १९३ जनाको मृत्यु भएको छ । मनसुन बाहिरिने समय नजिक रहँदा परेको वर्षा र आएको बाढी, पहिरो र डुबानका कारण मानवीय क्षति भएको हो ।

यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी ३१ जना बेपत्ता छन् । ९६ जना घाइते भएका प्रहरीले जनाएको छ । सोमबार बिहान साढे ९ बजेसम्मको विवरणानुसार, तीन हजार ७०५ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शनिबार अपराह्नपछि अविरल वर्षा रोकिएको छ । वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।