३० आश्विन २०८३, शुक्रबार

काठमाडौंबाट लमजुङका लागि जाँदै गरेको हायस शिवपुरीमा दुर्घटना

0
Shares


काठमाडौं । काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।