३० आश्विन २०८३, शुक्रबार

सर्वोच्च अदालतलाई लाग्यो दशैं, आजदेखि १५ दिनसम्म बन्द रहने

0
Shares


काठमाडौं । आज नवरात्रको पहिलो दिन घटस्थापना शुरु भएसँगै सर्वोच्च अदालत दशैंभरिका लागि बन्द हुने भएको छ । वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ ।