१ कार्तिक २०८३, शनिबार

आज पनि छ यी स्थानमा वर्षाको सम्भावना

0
Shares


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुसँगै देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । अहिले काठमाडौँ उपत्यकाको आकाशमा पनि बादल लागेको छ ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।