३० आश्विन २०८३, शुक्रबार

किसानले धान थन्क्याउन लागेका बेला पर्‍यो असिना

0
Shares


काठमाडौं । किसानहरुलाई धान थन्क्याउने चटारो परेका बेला असिनासहित पानी परेको छ । सोमबार देशका विभिन्न स्थानमा वर्षा भएसँगै पोखरामा भने असिना पानी परेको हो ।

कात्तिकमा धान थन्क्याउन लागेका किसारलाई असिना पानीले प्रभावीत बताएको छ । पोखरामा आज सबै क्षेत्रमा ठुलो वर्षा भएको छ भने कतै हावाहुरी र असिना पानी समेत परेको छ । असिना सानो परेपनि पाकेको धानलाई असर गरेको किसानहरु बताउ छन् ।

पोखरामा २६ मा हावाहुरी, असिना र पानी परेको पत्रकार सुमन ढुङगानाले सञ्चार माध्यमलाई बताएका छन् । कतिपय किसानले धान काटेर सुकाएका थिए भने कति पय पाकेको धान काट्न ठिक थिए । तर हावाहुरी सहितका वर्षाका कारण धान ढल्ने, धान सुकान नसक्दा उम्रिने, हकुवा हुने किसानहरु बताउछन् ।

अहिले पोखरामा झिनुवा र जेठोबुढो धान बाहेका सबै धान पारेको छ र किसानहरु दिनहुँ धान भित्राउन लागेका छन् ।