१ कार्तिक २०८३, शनिबार

आज सुनचाँदीको मूल्य घट्यो, कतिम हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ सय रुपैयाँ घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।