३० आश्विन २०८३, शुक्रबार

आजको मौसम, कोशी र गण्डकी प्रदेशमा छ पानी पर्ने सम्भावना

0
Shares


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको जनाएकाने छ । आज कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ ।

आज बिहान पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।