३० आश्विन २०८३, शुक्रबार

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

0
Shares


काठमाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ९३ र बिक्रीदर एक सय ७२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।