१ कार्तिक २०८३, शनिबार

आज सातवटै प्रदेशमा पानी पर्ने, कस्तो छ पूर्वानुमान ?

0
Shares


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको हो ।

विभागका अनुसार आज सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । आज कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

काठमाडौंमा वर्षाको सम्भावना रहे पनि निकै न्यून रहेको छ । मधेस प्रदेशबाहेक ६ वटा प्रदेशमा हिमपातको सम्भावना छ । वर्षा सँगै हिमपातको सम्भावना रहेको हो ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना छ ।

वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ ।