३० आश्विन २०८३, शुक्रबार

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ७६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।