३० आश्विन २०८३, शुक्रबार

आजको मौसम, तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने

0
Shares


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घन्टाका लागि तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको अवस्था रहने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने महाशाखाले जनाएको छ ।