काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोप लागेकाहरुलाई थुनामै राख्नु पर्ने माग गर्दै सरकारी वकिलको कार्यालय कास्की उच्च अदालत पुगेको छ । लामिछानेसहित धरौटीमा रिहा भएका सातजनालाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने माग राखी सरकारी वकिलको कार्यालयले उच्च अदालत गुहारेको हो ।
जिल्ला अदालतबाट भएको आदेश चित्त नबुझेपछि उच्च अदालत गएको सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छिन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई ६५ लाख, पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्व सांसद मिना गुरुङलाई ५ लाख, मिनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।
सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका छन् ।