३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

0
Shares


काठमाडौं  । सुनको मुल्य तोला आज तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो ।