३० आश्विन २०८३, शुक्रबार

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापवाल सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।