काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागको सदस्यमा १० जनालाई मनोनित गरेका छन् । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर बड प्रमुख रहेको विभागमा १० जना सदस्य मनोनित गरेका हुन् ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार यसरी मनोनित हुनेहरुमा काठमाडौंका राजकुमार पाण्डे, जाजरकोटका ज्ञानबहादुर शाही, डडेल्धुराका देवकीदेवी सिंह, भक्तपुरका कल्पना श्रेष्ठ, काठमाडौंकै श्यामकृष्ण श्रेष्ठ, रुकुम पूर्वका सरिता बि.सी. रहेका छन् ।
त्यसैगरी, मोरङका बिजयजंग बस्नेत, नवलपरासीका प्रेमबहादुर बि.क., गोरखाका सञ्जिव पुडासैनी र रौतहटका सपुतबहादुर कार्की पनि विभागको सदस्यमा मनोनित भएका छन् ।
