३० आश्विन २०८३, शुक्रबार

यस्तो छ आजको मौसम, भोलि चार प्रदेशमा पानी पर्ने

0
Shares


काठमाडौं । देशका अधिकांश स्थानमा आज मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहँदा मौसम सफा रहने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी तथा हिमाली भू–भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु–कुहिरो लागेको छ ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने आंशिक बदली हुनेछ । हिमपात र वर्षाको सम्भावना भने नरहेको विभागको भनाइ रहेको छ ।

विभागका अनुसार काठमााडौं उपत्यकामा बिहान केही हुस्सु लागे पनि दिउँसो खुल्नेछ । काठमाडौंमा बिहान ६ः १० को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ ।

यसैबीच, पश्चिमी न्यून चापीय प्रणाली भित्रिएर भोलि (मंगलबार) भने पश्चिम नेपालका केही स्थानमा वर्षा गराउनेछ ।