३० आश्विन २०८३, शुक्रबार

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा

0
Shares


काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन्। मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।

एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् । राजकुमार एडवार्ड पनि आजै नेपाल आउँदैछन् । केही समयपछि उनी काठमाडौँमा अवतरण हुने बताइएको छ ।

राजकुमार दिल्लीबाट र राजकुमारी लण्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।