३० आश्विन २०८३, शुक्रबार

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

0
Shares


काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ ।

यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् ।

यसैबिच दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गरी पारित गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।