३० आश्विन २०८३, शुक्रबार

आज यी ठाउँमा छ हिमपातको सम्भावना, हेरौं मौसमको विवरण

0
Shares


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पाँच प्रदेशमा शनिबार हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।

तराईका केही भूभागमा हुस्सु–कुहिरो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।