३० आश्विन २०८३, शुक्रबार

दलित समुदायमाथि जघन्य अपराधका घटना बढ्योः भुवनबहादुर सुनार

0
Shares


काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायमाथि जघन्य अपराधका घटना बढिरहेको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले देशका विभिन्न भागमा दलित समुदायमाथि अत्याचार हुँदा पनि समाज र राजनीतिक पार्टीहरु मुकदर्शक बनेको आरोप लगाए । दलित समुदायमाथि भएका बलात्कार र हत्याका घटनाले वर्षौसम्म पनि न्याय पाउन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘पँधेरोमा छोइछिटो गर्‍यो भनेर मोना सार्कीलाई कुटेर मारिएको छ, बोक्सीको आरोपमा काभ्रेमा दलितलाई कोटेर हत्या गरिएको छ । दैलेखमा सेते दमाईलाई छोराले अन्तरजातीय विवाह गर्‍यो भनेर निर्दोष बाउलाई कुटेर मारिएको छ । हाम्रो समाज के भएछ ? हाम्रा राजनीतिक पार्टीहरु के भएछन् ।’

उनले समाजमा विभेद घटेको छ कि बढेको छ ? भन्दै सरकारलाई प्रश्न गरे ।