काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
मुख्यमन्त्री सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै भेटवार्ता सकारात्मक रहेको बताएका छन् ।
भेटमा रामायण सर्किट, सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न जाने पर्यटकका लागि जनकपुरधामलाई अनिवार्य गन्तव्य बनाउने तथा मधेस प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आवश्यक विषयमा छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
तर, मुख्यमन्त्री सिंहको यो भ्रमणबारे मधेस प्रदेश सरकारका अन्य मन्त्रीहरूले भने अनभिज्ञ रहेको जनाएका छन् ।