१ कार्तिक २०८३, शनिबार

उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ पदबाट बर्खास्त

0
Shares


काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईं राज्यमन्त्री पूर्णबहादुर तामाङ पदबाट बर्खास्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री तामाङलाई बुधबार बर्खास्त गरेका हुन् ।

मन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढ्दा घिसिङको समर्थन गरेका राज्यमन्त्री तामाङलाई गृहमन्त्री रमेश लेखकले राजीनामा गर्न सुझाव दिए पनि उनले अस्वीकार गरेपछि बर्खास्त गरिएको बुझिएको छ ।

उनले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।