३० आश्विन २०८३, शुक्रबार

आज पनि सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । सुनको मूल्य आज व्यापक मात्रामा वृद्धि भएको छ । आइतबार र सोमबार दुवैदिन बढेको सुनको मूल्य आज प्रतितोला ५ हजार तीन सय रुपैयाँ बढेको हो ।

सुनको मूल्य आज प्रतितोला १ लाख ८९ हजार नौसय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यही वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार नौ सय ६५ रुपैयाँ कायम भएको छ ।