३० आश्विन २०८३, शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते

0
Shares


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । गएराति खुमलटारस्थित आफ्नै निवासको शौचालयमा लडेर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो ।

टाउको र निधारमा चोट लागेका प्रचण्डको गएराति नै उपचारपछि टाँका लगाइएको उनको सचिवालयले जनाएको छ ।

उपचारपछि घर फर्किएको र अहिले उनको अवस्था सामान्य रहेको छोरी गंगा दाहालले जानकारी दिइन् । अध्यक्ष प्रचण्ड नियमित काममा फर्किसकेको समेत उनले बताइन् ।