१ कार्तिक २०८३, शनिबार

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

0
Shares


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।

बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरु भएको हो ।