३० आश्विन २०८३, शुक्रबार

फेरि दुई लाखको नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि पनि दुई लाखको नजिक पुगेको छ । कारोबार साताको अन्तिम दिन आज तोलामा ४ हजार २०० बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको २ हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।