काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग गर्नु नहुने स्पष्ट पारेका छन्
इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भोकलाइ युद्धको हतियारका रुपमा प्रयोग गर्नु नहुने बताएका हुन् ।
अफ्रिका महादेशमा अहिले करिब २८ करोड मानिसहरू भोक, कुपोषण र भोकमरीको गम्भीर जोखिममा छन् । भोकले अशान्ति फैलाउने र स्थायित्वमा बाधा पु¥याउने बताउदै उनले भोकलाई कहिल्यै पनि द्वन्द्वको माध्यम नबनाउन आग्रह गरे ।
उनले जलवायु परिवर्तनका कारण बाली उत्पादनमा समस्या,आपूर्ति प्रणालीमा अवरोध, र मानवीय सहायता प्रभावित भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
गाजामा चलिरहेको द्वन्द्वका कारण अहिले त्यहाँको जनसङ्ख्या गम्भीर सङ्कटमा परेको उनको भनाइ छ ।
दुई करोडभन्दा बढी जनसङ्ख्या भोकमरी र कुपोषणको चपेटामा परिरहेको छ ।इजरायलले गाजामा गएको मार्चदेखि पूर्ण नाकाबन्दी लगाएपछि अवस्था झन् जटिल भएको छ ।
यद्यपि पछिल्लो समयमा केही राहत सामग्री जान थाले पनि सयभन्दा बढी सहायता संस्थाहरूले ‘गम्भीर भोकमरी’ फैलिरहेको चेतावनी दिएका छन् ।