३० आश्विन २०८३, शुक्रबार

नागढुंगा सुरुङ सञ्चालनको तयारी गर्न मन्त्री दाहाको निर्देशन

0
Shares


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा सुरुङको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री दाहालले आज बिहानै सडक विभागका अधिकारीहरूसहित सुरुङ मार्गको निरीक्षण गरेका हुन् ।

निरिक्षणका क्रममा उनले बाँकी काम छिटो सकेर सुरुङ प्रयोगमा ल्याउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेका स्थानमा केही काम भइरहेको जानकारी दिएको जनाइएको छ ।