३० आश्विन २०८३, शुक्रबार

आज सिन्धुली र रामेछापका खोलामा आकस्मिक बाढीको सम्भावना

0
Shares


काठमाडौं । आज सिन्धुली र रामेछापका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो तीन घण्टामा सिन्धुलीको मरिनखोला कुसुनटार, सिन्धुलीगढी र रामेछापको मन्थली एयरपोर्ट वर्षा मापन केन्द्र तथा आसपासका क्षेत्रमा मध्यम वर्षा मापन गरिएको विभागले जनाएको छ ।

शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै विभागले ती क्षेत्रमा बहने ग्वाङ खोला, मरिन खोला लगायतका स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।