३० आश्विन २०८३, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री लामाले दिए राजीनामा

0
Shares


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

२०८१ साल साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिनुभएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आइतबार पदबाट राजीनामा दिएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको उनको भनाइ छ ।

मुख्यमन्त्री लामाले राजीनामा अघि साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए ।

उनले आफू इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए ।

यो घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाई थियो । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ ।