३० आश्विन २०८३, शुक्रबार

विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री बानियाँ, सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक

0
Shares


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री बानियाँले दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

गत साउन २० मा नेपाली कांग्रेस् र नेकपा (एमाले)का ६४ सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।

बानियाँलाई सरकार जोगाउन ११० सदस्यीय बागमती प्रदेशसभामा कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ ।