३० आश्विन २०८३, शुक्रबार

अर्थ र कानुन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

0
Shares


काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ ।

आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । उक्त बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची छ ।