१ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभा उपसभामुख रानालाई हटाउने तयारी, सिंहदरबारमा हस्ताक्षर संकलन

0
Shares


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् ।

कांग्रेस र एमालेले उपसभामुख रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरेका हुन् । महाअभियोगको विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

यस्तै, नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ ।

सोमबार साँझ नै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको बताइएको छ ।

उपसभामुख रानाले पदीय आचरणअनुसार काम नगरेको उनीहरुको आरोप छ ।

उपसभामुखविरुद्धको प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ ।